Eutai Antya by Shree 3
Tracklist
| 1. | Eutai Antya | 4:32 | 
Lyrics
एउटै अन्त्य 
के नै भन्नु छ र यहाँ 
सबको आफ्नै कथा 
के नै सोध्नु छ र यहाँ 
सबको आफ्नै व्यथा 
कसैलाई जीत को नशा छ 
कसैलाई हार्नु को पिर 
के लानु छ र 
सबको आखिर एउटै अन्त्य
के नै बोल्नु छ र यहाँ 
सबको आफ्नै भाषा 
के नै सोध्नु छ र सबको 
आफ्नै परिभाषा
कसैलाई जीवन संघर्ष 
कसैलाई एक सम्झौता 
के लानु छ र 
सबको आखिर एउटै अन्त्य
सायद जीवन एउटा भ्रम न हो 
झुठो शान र ब्यर्थ घमण्ड 
परिचय को खोजमा हामी सधै , 
हराई नजाओस यो हाम्रो अस्तित्व , तिम्रो अस्तित्व
के नै भन्नु छ र यहाँ 
सबको आफ्नै कथा 
के नै बुझ्नु छ र 
यहाँ सबको आफ्नै गाथा 
जीवन चक्र अनौठो 
हासेर जिउनु सधै 
के लानु छ र 
सबको आखिर एउटै अन्त्य
Credits
                
                
                
                
                    
                
                
                
                
                
                
                    
                        
                            released February 10, 2018
                        
                    
                
                
            








